शिक्षक काफ्लेलाई पत्नीशोक

झापा जिल्लास्थित श्री जन आदर्श माध्यमिक विद्यालय, शिवगञ्जका शिक्षक टीकाराम काफ्लेलाई पत्नीशोक परेको छ ।

काफ्लेपत्नी सीता उप्रेती काफ्ले केही समयदेखि फोक्सोको क्यान्सरबाट पिडीत थिइन् । उनको फागुन ४ गते राती विर्तामोडस्थित विएण्डसी अस्पतालमा सोही रोगको कारण निधन भएको जनाइएको छ । उनको अन्त्यष्टि आजै गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।



विद्यालयका लोकप्रिय शिक्षक टीकाराम काफ्लेलाई परेको यस अपूरणीय चोटको खबरले सयौं स्थानीयबासी र उनले पढाएका विद्यार्थीहरू भावुक र दुःखी हुँदै अन्तिम संस्कारमा सहभागी भएका र टाढा रहेकाहरूले सामाजिक सञ्जालको माध्यमबाट समवेदना प्रकट गरिरहेका जनाइएको छ ।

सम्बन्धित समाचार