मृत अवस्थामा पाँच जना फेला

मृत अवस्थामा देशका विभिन्न स्थानबाट पाँच जना फेला परेका छन् । चितवन, भरतपुर महानगरपालिका-३ कमलनगरस्थित टहरामा बस्ने गुल्मी छत्रकोट गाउँपालिका बिगामकोट घर भएकी ३५ वर्षीया सीता पौडेल सोही टहरामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यस्तै मोरङ, बुढीगंगा गाउँपालिका-३ स्थित कमला स्टिल फ्याक्ट्रीमा काम गर्ने भारत नागौर राजस्थान गाउँ सारडी घर भएका हाल ६० वर्षीय राम गोपाल शर्मा सोही फ्याक्ट्रीको क्वाटरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस्तै दाङ, घोराही उपमहानगरपालिका-४ मनैया टोल सुनपुर बस्ने ७४ वर्षीय जय बहादुर खत्री लामिछाने आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

उता सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका-४ बाह्रबिसे बजार बस्ने ४८ वर्षीय राज कुमार श्रेष्ठ आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यता रामेछाप, मन्थली नगरपालिका-२ पिप्ले बस्ने ५० वर्षीय मोहनसिंह तामाङ गोकुलगंगा गाउँपालिका-६ फर्पु थलाडाँडास्थित जंगलमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार