नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ फागुन ।


भारतमा एक नेपाली छात्राले आत्महत्या गरेकी छिन् । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टलमारुपन्देहीको प्रकृति लम्सालले आत्महत्या गरेकी हुन् ।
उनी इन्जिनियरिङ कलेजमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत थिइन् । लम्सालले आत्महत्या गरेपछि उक्त कलेजमा नेपाली विद्यार्थीले विरोध प्रदर्शन गरेका थिए । कलेज प्रशासनले विरोध प्रदर्शनमा उत्रिएका नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रकृति आइतबार साँझ होस्टेलको आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । भारतीय विद्यार्थी आद्विक श्रीवास्तवले गर्दै आएको लगातारको दुर्व्यवहार सहन नसकेपछि लम्सालले आत्महत्या गरेको भन्दै नेपाली विद्यार्थीहरुले कारबाहीको माग गरेपछि विश्वविद्यालय प्रशासनले सोमबार सबै नेपाली विद्यार्थीलाई कलेज छाड्न सूचना जारी गरेको थियो ।
आद्विक श्रीवास्तवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


