नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ फागुन ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा १२ जना फेला परेका छन् । बागलुङ, बागलुङ नगरपालिका-१ ढिकिचौरस्थित भिरमा सोही नगरपालिका-२ श्रीनगरटोल डेरा गरी बस्ने दाङ घर भएका ५० वर्षीय दुर्गा बहादुर थापा मगर मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै धादिङ, निलकण्ठ नगरपालिका-८ ससाहस्थित थोपल खोला किनारामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता ललितपुर, ललितपुर महानगरपालिका-१९ लगनखेलस्थित राजु अवालेको घरमा संचालित भैरव लुम्बिनी तन्दुरी भोजनालयमा काम गर्ने मकवानपुर चित्लाङ घर भएका ६० वर्षीय राम मानन्धर सोही घरको पाँचौ तलामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै मोरङ, विराटनगर महानगरपालिका-१ बस्ने ५० वर्षीया मुन्नी मगर आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । उता कैलाली, जानकी गाउँपालिका-५ नवलपुर बस्ने ३० वर्षीय राम बाहादुर कठरिया आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका-३ मुलपानीस्थित नाङ्गे डाँडा जंगलमा सोही गाउँपालिका-२ बिशालनगर बस्ने ८३ वर्षीय खड्ग बहादुर आले सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी इलाम, चुलाचुली गाउँपालिका-१ कटहरे बस्ने ७० वर्षीय डिक बहादुर राई आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै दाङ, घोराही उपमहानगरपालिका-४ शान्तिनगर घर भई लमही नगरपालिका-५ रातोडाँडा बस्ने ४१ वर्षीय योगेन्द्र बहादुर खत्री लमही नगरपालिका-५ स्थित अजम्मरी सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस्तै तनहुँ, भानु नगरपालिका-३ खहरे बस्ने ८४ वर्षीय बज्र नारायण श्रेष्ठ आँबुखैरेनी गाउँपालिका-१ बरादीस्थित मर्स्याङदी नदीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
उता गुल्मी, कालिगण्डकी गाउँपालिका-४ जोखुम बस्ने ३२ वर्षीय ओम बहादुर राना सोही गाउँपालिका-४ भुतेगैरास्थित खोल्सामा सोमबार मृत अवस्थामा फेला परेका छन् । यता रामेछाप, मन्थली नगरपालिका-६ सिल्ली बजारस्थित सडकको नालामा सोही ठाउँ बस्ने २३ वर्षीय सुजन माझी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी कालिकोट, पचालझरना गाउँपालिका-२ खैरकोट बस्ने ३५ वर्षीय नरेन्द्र कठायत सोही गाउँपालिका-२ झारचौर भन्ने स्थानमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।