जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं र बझाङबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँ कीर्तिपुर नगरपालिका-३ पाँगादोबाटो बस्ने बझाङ सुर्मा गाउँपालिका-२ घर भएका २५ वर्षीय सुयोग बोहरालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बोहराले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बझाङ, जयपृथ्वी नगरपालिका-७ बस्ने २१ वर्षीय अक्कल बोहरालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

बोहराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार