मृत अवस्थामा छ जना फेला

मृत अवस्थामा देशका विभिन्न स्थानबाट छ जना फेला परेका छन् । सुनसरी, धरान उपमहानगरपालिका-६ सुनौलो बस्ती बस्ने ४२ वर्षीय रोशन विश्वकर्मा आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै गोरखा, अजिरकोट गाउँपालिका-४ थरथरे भिर पाखामा सोही गाउँपालिका-२ खरिबोट सिरानडाँडा बस्ने ८० वर्षीय छेङि लामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै इलाम, माङसेबुङ गाउँपालिका-३ फुलुङगेस्थित माईखोलामा सोही गाउँपालिका-२ पावा बस्ने ७१ वर्षीय लालमान राई मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

उता झापा, कमल गाउँपालिका-४ चुलाचुलि मोडस्थित नालाको डिलमा सोही गाउँपालिका-३ बस्ने ३६ वर्षीय अर्जुन लिम्बु मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बस्ने ४७ वर्षीय दिनेश कुमार पुरी आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी धनकुटा, साँगुरीगढी गाउँपालिका-६ मालबाँसेस्थित जंगलको घोर्ले भिरमा सुनसरी धरान उपमहानगरपालिका-१२ चतारा लाईन बस्ने ५७ वर्षीया सन्च माया तामाङ बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार