सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुनमा ५०० र चाँदीमा १० ले वृद्धि भएको छ ।

बुधबार एक लाख ७० हजार ५०० मा किनबेच भएको एक तोला सुनको मूल्य आजका निम्ति एक लाख ७१ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।



यसैगरी, बुधबार एक हजार ९८५ मा कारोबार भएको सोही परिमाणको चाँदीको मोल एक हजार ९९५ कायम भएको छ ।

सम्बन्धित समाचार