नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ फागुन ।


मृत अवस्थामा देशका विभिन्न स्थानबाट छ जना फेला परेका छन् । दाङ, तुल्सीपुर उपमहानगरपालिका-१ कुमाल गाउँ भम्के बस्ने ५५ वर्षीय लोक बहादुर परियार सोही ठाउँस्थित बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै प्युठान, नौबहिनी गाउँपालिका-६ सिरसेनी बस्ने ४७ वर्यीय रेकम सिङ केसी सोही ठाउँस्थित आफ्नै पहिरा खोला निजि वनको खोल्सामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस्तै बागलुङ, निसीखोला गाउँपालिका-१ देवस्थानस्थित निसीखोलाको बाँधमा सोही गाउँपालिका-१ लेवाङ बस्ने ८० वर्षीया रूपी विक बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
उता सर्लाही, बलरा नगरपालिका-१० सुदामा बस्ने ७५ वर्षीय गरभु हजारी सोही ठाउँस्थित मनुसमारा खोलाको किनारामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यता धनकुटा, छथरजोरपाटी गाउँपालिका-५ परेवादिन बस्ने ४६ वर्षीय खेमराज थापा सोही ठाउँस्थित जंगलमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी उदयपुर, चौदण्डीगढी नगरपालिका-५ स्थित सगरमाथा सामुदायिक वनको कल्भर्टमा सोही ठाउँ बस्ने ४० वर्षीया खिक्रि सदा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


