विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर महतोको मृत्यु

सिरहा, धनगढीमाई नगरपालिका-७ फुलकाहा बस्ने ४० वर्षीया संगिता महतोको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ ।

सोही ठाउँस्थित आफ्नै तरकारी बारीमा जडान गरिएको विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको मेट्रो मेघा हेल्थ केयर कसाहामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार