नवकान्तिपुर संवाददाता
काठमाडौं, १० फागुन ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । काभ्रे, पाँचखाल नगरपालिका-३ तामाघाट डेरा गरी बस्ने पर्सा वीरगंज महानगरपालिका-५ घर भएका ३५ वर्षीय अवतार पटेल आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै कालिकोट, रास्कोट नगरपालिका-१ बस्ने ४१ वर्षीया सुरिचा बम आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । यस्तै कैलाली, घोडाघोडी नगरपालिका-९ शिखरझालास्थित कान्द्री खोलामा सोही नगरपालिका-९ टिकापुर टोल बस्ने २८ वर्षीय दिपु बुढा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
उता बाँके, नेपालगंज उपमहानगरपालिका-२ पुस्पलाल चोक नजिकै सडकको फुटपाथमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।