नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ फागुन ।
अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु तीन सयले वृद्धि भएको छ ।
शुक्रबार प्रतितोला सुन रु एक लाख ७० हजारमा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज बढेर प्रतितोला रु एक लाख ७० हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य भने रु २० ले घटेको छ । शुक्रबार तोलामा एक हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा एक हजार ९७० रुपैयाँ कारोबार भइरहेको छ ।