नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ फागुन ।
अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु पाँच सयले वृद्धि भएको छ ।
आइतबार प्रतितोला सुन रु एक लाख ७० हजार तीन सयमा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज बढेर प्रतितोला रु एक लाख ७० हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य पनि रु १५ ले बढेको छ । आइतबार तोलामा एक हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा एक हजार ९८५ रुपैयाँ कारोबार भइरहेको छ ।