सुनको मूल्यमा नयाँ कीर्तिमान, आज कति पुग्यो तोलाको ?

सुनको मूल्य हालसम्मकै महँगो भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्यमा उच्च वृद्धि भई कीर्तिमान कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।

सोमबार प्रतितोला रु पाँच सयले वृद्धि भई रु एक लाख ७० हजार आठ सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ७१ हजार तीन सय निर्धारण भएको छ । सोमबारको तुलनामा आज सुन प्रतितोला रु पाँच सयले वृद्धि भएको हो ।

यस्तै चाँदीको मूल्य तोलामा रु १५ ले घटेको छ । सोमबार प्रतितोला रु दुई हजार नौ सय ८५ मा कारोबार भएको चाँदी आजका लागि रु दुई हजार ९७० निर्धारण भएको छ ।

सम्बन्धित समाचार