आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै श्रीमती ३२ वर्षीया अस्मिता बुढामगरको हत्या गरेको अभियोगमा रोल्पा, त्रिवेणी गाउँपालिका-६ थुम्का बस्ने ४० वर्षीय खिम लाल बुढालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

खिम लालले खुकुरी प्रहार गर्दा अस्मिताको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्रात हुनासाथ इलाका प्रहरी कार्यालय होलेरी र प्रहरी चौकी जुगारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार