मृत अवस्थामा तीन जना फेला

मृत अवस्थामा देशका विभिन्न स्थानबाट तीन जना फेला परेका छन् । चितवन, भरतपुर महानगरपालिका-६ शिवमन्दिर टोल बस्ने ५५ वर्षीय सुर्य पराजुली आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै धादिङ, धुनिवेशी नगरपालिका-१ ढुंगाना गाउँस्थित बाटोमा सोही ठाउँ बस्ने ४६ वर्षीय बच्चु परियार बुधबार मृत अवस्थामा फेला परेका छन् । यस्तै धनकुटा, महालक्ष्मी नगरपालिका-५ ज्यामिरे बस्ने ७० वर्षीय भक्त बहादुर बस्नेत घर नजिकै आछामे डाँडाको खोल्सामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार