नवकान्तिपुर संवाददाता
चन्द्रपुर (रौतहट), १७ फागुन ।


रौतह, माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ ।
फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उहाँको आज बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले राससलाई जानकारी दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट उहाँ निर्वाचित हुनुभएको थियो ।
