२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जुम्ला गुठीचौर गाउँपालिका-१ मनिगाउँ घर भएका २८ वर्षीय नेत्र बहादुर रोकायालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

नेत्र बहादुरले ती महिलालाई दाङ, गढवा गाउँपालिका-३ गोवरडिहास्थित खेतमा लगेर बिहीबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार