नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ फागुन ।
अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु नौ सयले वृद्धि भएको छ ।
मंगलबार प्रतितोला सुन रु एक लाख ६९ हजार पाँच सयमा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज बढेर प्रतितोला रु एक लाख ७० हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य पनि रु १० ले बढेको छ । मंगलबार तोलामा एक हजार ९४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा एक हजार ९५० रुपैयाँ कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय ११ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।