नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ फागुन ।
आफ्नै श्रीमती २४ वर्षीया सुधीरा देवी यादवको हत्या गरेको अभियोगमा महोत्तरीको औरही नगरपालिका-७ भोईल बस्ने ३२ वर्षीय सत्यनारायण यादवलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बलवा नगरपालिका-५ मनसिस्वा टोलमा सत्यनारायणले गए राति इँटा प्रहार गर्दा सुधीरा देवीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बलवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।