नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ फागुन ।


नेपालमा संस्कृत भाषामा आचार्य तथा विद्यावारिधी गर्ने प्रथम महिला प्रा.डा. कमला सुवेदीको निधन भएको छ । उहाँको २०८१ साल फागुन २० गते मंगलबार असामयिक निधन भएको हो ।
बि.सं. २००४ साल पुष १७ गते कपिलवस्तुको तौलिहवामा जन्मनुभएकी डा. सुवेदीले तौलिहवाबाट प्रारम्भिक शिक्षा हाँसिल गरी वाराणसी संस्कृत विश्वविद्यालयबाट आचार्य र हिन्दु विश्वविद्यालयबाट विद्यावारिधीको उपाधि हाँसिल गर्नुभएको थियो ।
नेपालको महिला शिक्षामा विशेष योगदान पुर्याउनुभएकी डा. सुवेदी २०२८ सालमा त्रिभुवन विश्ववद्यालय सेवामा प्रवेश गर्नुभएको थियो ।
उहाँले पद्मकन्या बहुमुखी क्याम्पसबाट अस्थायी प्राध्यापकका रुपमा अध्यापन थालनी गर्नुभएको थियाो । बि.सं. २०३० सालमा उपप्राध्यापक बन्नुभएकी डा. सुवेदी २०४७ सालमा सहप्राध्यापकमा बढुवा हुनुभयो भने २०५२ सालमा पद्मकन्या कलेजको प्रमुख नियुक्त हुनुभएको थियो । प्रा.डा. सुवेदीका दुई छोरी र एक छोरा हुनुहुन्छ ।
