स्वास्थ्यभन्दा ठूलो भौतिक सम्पत्ति होइन रहेछ : एउटा मार्मिक प्रसङ्ग

Kyrzayda  Anne Rodriguez को जन्म १९८४ को जुलाई २३ तारिख सयुक्तराज्य अमेरिकाको ओरेन्ज काउण्टी, क्यालिफोर्नियामा भएको थियो । उनी फेसन डिजाइनर, अभिनेत्री, लेखिका, निर्माता आदि भए पनि उनको ख्यातिचाहिँ फेसन डिजाइनरका रूपमा थियो ।

पेटको क्यान्सरबाट पीडित भएर उपचारको सिलसिलामा उनी अस्पतालको बेडमा रहन बाध्य भइन् । उनलाई क्यान्सर रोगका कारण आफ्नो मृत्युको आभास भइसकेपछि जीवनको अन्तिम अन्तिम अवस्थामा एउटा तुलनात्मक संस्मरण लेखेकी छन् । निक्कै मार्मिक र घतलाग्दो उनको संस्मरण सबैका लागि प्रेरणाको विषय हुनसक्छ भन्ने ठानेर सामाजिक सञ्जालबाट साभार गरिएको छ ।



उनले संस्मरणमा लेखेकी छन्–

१:    मसँग मेरो ग्यारेजमा संसारकै महंगोमध्येको कार थन्किएको छ तर म भने ह्विलचेयरमा अस्पतालको रुममा  यताउता गराइएकी हुन्छु ।

२:    मेरो घर मूल्यवान् कपडा, गहना, जुत्ता आदिले भरिभराऊ छ, तर म भने अस्पतालले उपलब्ध गराएको    सामान्य कपडाको एउटा गाउनमा लपेटिएकी छु ।

३:    मसँग प्रशस्त बैंक ब्यालेन्स छ । रोगले थालिएको यो अवस्थामा त्यो पैसाको कुनै काम आएको छैन ।

४:    मेरो घर कुनै सुविधा सम्पन्न पाँचतारे होटलभन्दा कम छैन तर म अस्पतालको दुईवटा साना कोठाको      क्षेत्रभित्र सीमित भएर करिब करिब जीवनको अन्तिम स्वास फेरिरहेकी छु ।

५:    एउटा शहरको पाँचतारे होटलबाट अर्को शहरको पाँचतारे होटलमा मिटिंग एवम् ल्ऽन्च–डिनरको लागि   ओहोरदोहोर गर्ने म, यतिखेर अस्पतालको एउटा ल्याबबाट अर्को ल्याबसम्म नर्स र सहयोगीको सहारामा       ओहोर–दोहोर गराइएकी हुन्छु ।

६:    जीवनमा मैले सयौँ शुभचिन्तक, प्रशंसक र मानिसहरूलाई आफ्नो सिग्नेचर दिएँ, तर आज डाक्टरको प्रे    स्कृप्सन र अस्पतालको रेकर्ड नै मेरो लागि सिग्नेचर भएको छ ।

७:   मेरो कपाल मिलाउनका लागि मात्र मसँग ७ जना बार्बर कार्यरत थिए । तर आज मेरो टाउकोमा कपालको        एउटा पनि रौँ बाँकी छैन ।

८:    म प्राइभेट जेटमा विश्व भ्रमण गर्न सक्ने हैसियत भएकी मानिस हुँ । तर, आज उपचाररत अस्पतालको    गेटसम्म पुग्नका लागि पनि मलाई अरु कसैको सहायता चाहिन्छ ।

९:    रोजेको स्वादिष्ट भोजनमा रमाउने म, तर आज दिनमा २ वटा ट्याब्लेट र साँझमा थोरै नुनिलो पानी मात्र मेरो        निम्ति खाना भएको छ ।

१0)  आज मेरो लागि बैंक ब्यालेन्स, शानदार घर, महंगो कार, गहना, लत्ताकपडा, ब्यापार (आम्दानी), नामको   प्रख्याति, नातेदार, साथीभाइ आदि केही–कोही काम लाग्दैनन् ।

तर मलाई अझै पनि मेरो परिवार, परिवारका सदस्यको प्रेम, प्रार्थना प्यारो लाग्छ । र, सबैभन्दा प्यारो मेरा लागि मृत्यु भएको छ । र, त्यो पनि छिटो मृत्यु अझै धेरै प्यारो हुनेछ ।

स्वास्थ्यभन्दा ठूलो भौतिक सम्पत्ति होइन रहेछ ।

मुस्कुराउन नछोडौँ । सक्रिय जीवनमै भएको सकेको दान गरौँ । जीवनमा कहिल्यै कसैको चित्त दुखाउने भूल कदापि नगरौँ । म सबैसँग माफी माग्दछु ।

(प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको पनि जीवनको अन्तिम समयमा यस्तै यस्तै प्रकारको अभिव्यक्ति आएको थियो भनिन्छ)

(सामाजिक सञ्जालमा भेटिएको सामग्री, सान्दर्भिक लागेर प्रकाशित गरिएको हो । फोटो पनि गुगल सर्च गरी लिइएको हो ।)

सम्बन्धित समाचार