नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ चैत ।
मृत अवस्थामा देशका विभिन्न स्थानबाट तीन जना फेला परेका छन् । झापा, गौरीगंज गाउँपालिका-८ डेरा गरी बस्ने सोही नगरपालिका-३ शिवाकोटी टोल घर भएका ४५ वर्षीय प्रकाश महत्तो आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै ललितपुर, महालक्ष्मी नगरपालिका-६ सानागाउँ बुद्ध पोखरी यङगल टोल बस्ने ४१ वर्षीय बिनोद श्रेष्ठ आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस्तै रूपन्देही, सिद्धार्थनगर नगरपालिका-८ भगवती पथस्थित सडक किनारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३२ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।