नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ फागुन ।
अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु एक सयले बढेको छ ।
शुक्रबार प्रतितोला सुन रु एक लाख ७० हजार दुई सयमा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज बढेर प्रतितोला रु एक लाख ७० हजार तीन सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य भने रु ५ ले घटेको छ । शुक्रबार तोलामा एक हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा एक हजार ९८५ रुपैयाँ कारोबार भइरहेको छ ।