सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु एक सयले बढेको छ ।

आइतबार प्रतितोला सुन रु एक लाख ७० हजार तीन सयमा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज बढेर प्रतितोला रु एक लाख ७० हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहँदै आइतबारको मूल्य अनुसार नै कारोबार भइरहेको छ । आइतबार चाँदी प्रति तोला एक हजार ९८५ रुपैयाँ रहेको थियो ।

सम्बन्धित समाचार