१५ र १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

बैतडीबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैतडी, शिवनाथ गाउँपालिका- १ कुस्मौतघाट बस्ने ३० वर्षीय चक्र सिंह साउदलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

साउदले ती बालिकालाई ललाई फकाई सोही गाउँपालिका-१ सालको इजरस्थित जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कुस्मौतघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैतडी, मेलौली नगरपालिका-१ बस्ने २५ वर्षीय मनोज सिंह नायकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । नायकले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बयलचौरबाट खटिएको प्रहरीले उनलाई पाटन नगरपालिका-१ गडालेकबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार