कास्कीको सैमराङ केन्द्रबिन्दु भएर भूकम्प

म्याग्दीको मादी गाउँपालिकाको सैमराङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार बिहान ४ बजेर ११ मिनेट जाँदा सैमराङलाई केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का कास्की र आसपासका जिल्लामा महसुस भएको थियो । भूकम्पले क्षति पुर्‍याएको विवरण भने आएको छैन ।

यसअघि गत फागुन १६ गते सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान ६.१, फागुन १३ गते पश्चिम म्याग्दीको डाँडागाउँ आसपास केन्द्रविन्दु भएर ३.४ म्याग्निच्युडको देवीस्थान आसपास केन्द्रविन्दु भएर ३.४ म्याग्निच्युडको र मुना केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्म गएको थियो ।

सम्बन्धित समाचार