नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ फागुन ।
अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु पाँच सयले घटेको छ ।
सोमबार प्रतितोला सुन रु एक लाख ७० हजार चार सयमा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज घटेर प्रतितोला रु एक लाख ६९ हजार नौ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि रु १५ ले घट्दै एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रति तोला एक हजार ९८५ रुपैयाँ रहेको थियो ।