सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु छ सयले बढेको छ ।

मंगलबार प्रतितोला सुन रु एक लाख ६९ हजार नौ सयमा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज बढेर प्रतितोला रु एक लाख ७० हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि रु ३० ले बढ्दै दुई हजर रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रति तोला एक हजार ९७० रुपैयाँ रहेको थियो ।

सम्बन्धित समाचार