नवकान्तिपुर संवाददाता
काठमाडौं, २ चैत ।
मृत अवस्थामा देशका विभिन्न स्थानबाट पाँच जना फेला परेका छन् । सुनसरी, बराहक्षेत्र नगरपालिका-६ सिसौलीघाटस्थित कोशी नदीको भङ्गालोको किनारमा हाल, नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै झापा, हल्दिबारी गाउँपालिका-४ मंगलबारे बस्ने ६० वर्षीय थुरूम मर्डी आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी झापा, मेचिनगर नगरपालिका-१५ गाईनोबारी बस्ने ३२ वर्षीय बीर बहादुर राजवंशी आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै बैतडी, दोगडाकेदार गाउँपालिका-५ दोलीस्थित महाकाली राजमार्ग सडक छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । उता रौतहट, चन्द्रपुर नगरपालिका-७ स्थित आमो खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३६ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।