नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ चैत ।
अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु चार सयले घटेको छ ।
शुक्रबार प्रतितोला सुन रु एक लाख ७४ हजार पाँच सयमा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज घटेर प्रतितोला रु एक लाख ७४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि रु ५ ले घट्दै दुई हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रति तोला दुई हजार ५० रुपैयाँ रहेको थियो ।