नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ चैत ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-३१ शान्तिनगरस्थित चौरमा सोही महानगरपालिका-३२ कोटेश्वर बस्ने रामेछाप लिखु गाउँपालिका-६ नागी घर भएका २८ वर्षीय सोनाम लामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै कैलाली, लम्कीचुहा नगरपालिका-१० चुहास्थित चिनी मिल नजिकै रहेको नालामा सोही ठाउँ बस्ने २९ वर्षीय अजय सुर्णकार आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।