सुनको मूल्य स्थिर, आज कति छ तोलाको ?

नेपालमा आज(बिहीबार) सुनको मूल्य स्थिर रहेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य बुधबार प्रतितोला रु १ लाख ७६ हजार रुपैयाँ तोकिएकामा आज पनि सोहि मूल्यमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदीको मूल्य भने रु १५ घट्दै दुई हजार ३० मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

सम्बन्धित समाचार