सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु एक हजारले घटेको छ ।

बिहीबार प्रतितोला सुन रु एक लाख ७६ हजारमा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज घटेर प्रतितोला रु एक लाख ७५ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि रु ३५ ले घट्दै एक हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रति तोला दुई हजार ३० रुपैयाँ रहेको थियो ।

सम्बन्धित समाचार