सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु दुई सयले घटेको हो ।

सोमबार प्रतितोला सुन रु एक लाख ७३ हजार पाँच सयमा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज घटेर प्रतितोला रु एक लाख ७३ हजार तीन सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यता आज चाँदीको मूल्य भने स्थिर रहँदै सोमबारको मूल्य अनुसार नै कारोबार भइरहेको छ । सोमबार चाँदी प्रति तोला एक हजार ९८० रुपैयाँ रहेको थियो ।

सम्बन्धित समाचार