नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ चैत ।
अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु एक हजार तीन सयले बढेको हो ।
बुधबार प्रतितोला सुन रु एक लाख ७३ हजार पाँच सयमा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज बढेर प्रतितोला रु एक लाख ७४ हजार आठ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यता आज चाँदीको मूल्य पनि रु ३० ले बढ्दै दुई हजार २० मा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रति तोला एक हजार ९९० रुपैयाँ रहेको थियो ।