नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ चैत ।
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीबार प्रतितोला रु एक लाख ७४ हजार ८०० कारोबार भएको सुन आज तोलामा रु एक हजार चार सयले बढेर रु एक लाख ७६ हजार दुई सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, चाँदीको मोल प्रतितोला रु दुई हजार ४० निर्धारण भएको छ । सोही परिमााण्को चाँदी बिहीबार प्रतितोला रु दुई हजार २० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।