मृत अवस्थामा चार जना फेला

मृत अवस्थामा देशका विभिन्न स्थानबाट चार जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-११ सुन्धारस्थित सिटिसि महल नजिकै सोही महानगरपालिका-२२ खिचापोखरी बस्ने भारत पश्चिम बंगाल घर भएका २८ वर्षीय कृष्ण पौल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै रूपन्देही, बुटवल उपमहानगरपालिका-८ सुख्खानगर दशरथ पथ डेरा गरी बस्ने गुल्मी धुर्कोट गाउँपालिका-१ नयाँगाउँ घर भएका ४० वर्षीय भिम बहादुर क्षेत्री आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस्तै धनकुटा, साँगुरीगढी गाउँपालिका-९ चाँदी बजारस्थित सदुवा खोलाको ओढारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यता नवलपरासी पश्चिम, सरावल गाउँपालिका-३ श्रीनगरस्थित गहुँ खेतको आलीमा हाल नाम, थर वतन नुखेलेकी अन्दाजी ५५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार