नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ चैत ।
अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । आज सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुग्दै कीर्तिमान बनाएको छ ।
बुधबार प्रतितोला रु एक लाख ७९ हजार १०० कारोबार भएको सुन आज तोलामा रु एक हजार दुई सयले बढेर रु एक लाख ८० हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, चाँदीको मोल प्रतितोला रु २५ ले घट्दै एक हजार ९५ निर्धारण भएको छ । सोही परिमााण्को चाँदी बुधबार प्रतितोला रु दुई हजार २० मा कारोबार भएको थियो ।