सवारी दुर्घटनामा दुई जनाको मृत्यु

रौतहट र झापामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रौतहट, गुजरा नगरपालिका-४ पोखरभिण्डास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलबाट खसेर सोही नगरपालिका-६ खतबैया बस्ने अफरोज अंसारीको छोरा १४ वर्षीय सैफुल्लाह अंसारीको बुधबार राति मृत्यु भएको छ ।

मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएका उनको गण्डक हस्पिटल वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । त्यस्तै झापा, झापा गाउँपालिका-३ झाटीस्थित सडकमा झाटीबाट कामाटोलीतर्फ आउँदै
गरेको मे.१ त ४१०७ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ६० वर्षीय रमेश हस्ताको बुधबार साँझ मृत्यु भएको छ ।

ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल भद्रपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार