मृत अवस्थामा तीन जना फेला

मृत अवस्थामा देशका विभिन्न स्थानबाट तीन जना फेला परेका छन् । बर्दिया, बाँसगढी नगरपालिका-४ बनजरीया गाउँ बस्ने ६५ वर्षीय चोके रोका सोही ठाउँस्थित आफ्नै खेतमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै काठमाडौं महानगरपालिका-१ नन्दी रात्री मावि पछाडि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष बिहीबार मत अवस्थामा फेला परेका छन् । यस्तै तेह्रथुम, फेदाप गाउँपालिका-१ एरूवा बस्ने ४६ वर्षीया पबित्रा लिम्बु सोही गाउँपालिका-१ स्थित एरूवा भिर तल बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार