अपहरणमा परेकी सात वर्षीया बालिकाको उद्धार, मुख्य अभियुक्त पक्राउ

सुनसरीको कोशी गाउँपालिका–७ मुसहरी टोलबाट अपहरणमा परेकी सात वर्षीया बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

बुधबार दिउँसो आफ्नै घर अगाडि खेल्ने क्रममा अपहरणमा परेकी ती बालिकाको आज उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो । खेलिरहेकी बालिकालाई अपरिचित व्यक्तिले सफारी रिक्सामा चढाएर अपहरण गरी लगेको सूचना पाएपछि प्रहरी खोजी गर्दा कोसी गाउँपालिका–८ कोसी ब्यारेज नजिकबाट उद्धार गरिएको उहाँले बताउनुभयो ।

अपहरण गरेको आरोपमा प्रहरीले सप्तरीको कञ्चनरुप नगरपालिका–१२ का जीतेन्द्र साह (हलुवाई) लाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ । बालिकाको स्वास्थ्य परीक्षण गरेर परिवारको जिम्मा लगाइने प्रहरी नायब उपरीक्षक खतिवडाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार