नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ चैत ।
अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु तीन हजार नौ सयले घटेको छ ।
बिहीबार प्रतितोला सुन रु एक लाख ८० हजार तीन सयमा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज घटेर प्रतितोला रु एक लाख ७६ हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि रु १२५ ले घट्दै एक हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रति तोला एक हजार ९९५ रुपैयाँ रहेको थियो ।