नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ चैत ।
२० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापा, हल्दीवारी गाउँपालिका-१ कोचाटोली बस्ने भारत आसाम घर भएका २७ वर्षीय सन्तोष कार्कीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
सन्तोषले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गोलधापबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।