रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ । सहकारी ठगी प्रकरणमा लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउने आदेश दिएको हो ।

शुक्रबार न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले शुक्रबार पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई थुनामा पठाउने आदेश जारी गरेको हो ।

उच्चको आदेशसँगै यसअघि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ । जिल्ला अदालत रुपन्देहीले यसअघि लामिछानेलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न सकिने भन्दै एक करोड धरौटीमा रिहा गरेको थियो ।

यस्तै, अदालतले पूर्वडिआइजी छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश पनि सदर गरेको छ । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रवि लामिछाने र छविलाल जोशीविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा चलेको थियो ।

सम्बन्धित समाचार