सवारी दुर्घटनामा दुई जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सोलुखुम्बु, सोताङ गाउँपालिका-२ जुकेस्थित सडकमा सोताङबाट जुकेतर्फ जाँदै गरेको प्र.३-०१-०२४ च ६८१४ नम्बरको बोलेरो गाडी शनिबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार सोताङ गाउँपालिका-५ बस्ने ३० वर्षीया सरिता राईको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको सोताङ प्राथामिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै नुवाकोट, ककनी गाउँपालिका-३ ढुङ्गानागाउँ बस्ने ३३ वर्षीय धर्मराज ढुङ्गानाको ना.६ त २०८२ नम्बरको ट्याक्टरमा जडान भएको थ्रेसर मेसिनले च्यापिएर शनिबार दिउँसो मृत्यु भएको छ ।

आफ्नै बारीमा थ्रेसर मेसिन लगाई फर्किने क्रममा थ्रेसर मेसिन पल्टिएर च्यापिँदा गम्भीर घाइते भएका उनको वीर अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार