नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ चैत ।
अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु सात सयले घटेको हो ।
आइतबार प्रतितोला सुन रु एक लाख ७४ हजार पाँच सयमा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज घटेर प्रतितोला रु एक लाख ७३ हजार आठ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यता आज चाँदीको मूल्य भने रु ३० ले बढ्दै भने एक हजार ८३० मा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रति तोला एक हजार ८०० रुपैयाँ रहेको थियो ।