नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ चैत ।
अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु चार सयले घटेको हो ।
सोमबार प्रतितोला सुन रु एक लाख ७३ हजार आठ सयमा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज घटेर प्रतितोला रु एक लाख ७३ हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यता आज चाँदीको मूल्य भने स्थिर रहँदै सोमबारको मूल्य अनसार नै कारोबार भइरहेको छ । सोमबार चाँदी प्रति तोला एक हजार ८३० रुपैयाँ रहेको थियो ।