काठमाडौंका तीन स्थानमा आज प्रदर्शन हुँदै, कसले कहाँ गर्दैछन् प्रदर्शन ?

काठमाडौंका तीन स्थानमा आज (मंगलबार) प्रदर्शन हुने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल शिक्षक महासंघ र सहकारी तथा लघुवित्त पीडितले काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गर्ने भएका हुन् ।

राप्रपाले बल्खुमा विरोध कार्यक्रम गर्ने कार्यक्रम रहँदा नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा र सहकारी तथा लघुवित्त पीडितले शान्तिवाटिकामा विरोध कार्यक्रण गर्ने छन् ।

प्रहरीले एक सूचा जारी गर्दै सवारी आवागमनलाई सहज बनाउन आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाएको जनाउँदै कार्यक्रम हुने स्थान हुँदै चल्ने सवारी साधनका चालकले अन्य वैकल्पिक मार्गको प्रयोग गर्न समेत आग्रह गरेको छ ।

सम्बन्धित समाचार