स्रोत नखुलेको रकम सहित रोहित पक्राउ

मोरङ, विराटनगर महानगरपालिका-९ महेन्द्र चोकबाट स्रोत नखुलेको नगद ७ लाख १५ हजार रूपैयाँ सहित सोही महानगरपालिका-१५ बस्ने २४ वर्षीय रोहित कुमार साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार