सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु दुई हजारले बढेको हो ।

मंगलबार प्रतितोला सुन रु एक लाख ७३ हजार चार सयमा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज बढेर प्रतितोला रु एक लाख ७५ हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यता आज चाँदीको मूल्य पनि रु ५ ले बढ्दै एक हजार ८३५ मा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रति तोला एक हजार ८३० रुपैयाँ रहेको थियो ।

सम्बन्धित समाचार